लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी « Khabarhub

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् ।

घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको छ ।

राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय ३५ जना स्थानीयतह प्रमुख÷उपप्रमुखले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाण केसीलगायतकाले मतदान गरेका छन् ।

मतदानका लागि दुईवटा मतदान केन्द्र छन् । केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने सूचना अधिकारी कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ०३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक