लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी « Khabarhub

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

देउखुरी – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् ।

घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको छ ।

राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय ३५ जना स्थानीयतह प्रमुख÷उपप्रमुखले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाण केसीलगायतकाले मतदान गरेका छन् ।

मतदानका लागि दुईवटा मतदान केन्द्र छन् । केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने सूचना अधिकारी कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ०३ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन