जुमद्वारा १ हजार ३ सय कर्मचारी कटौती | Khabarhub Khabarhub

जुमद्वारा १ हजार ३ सय कर्मचारी कटौती


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीमा अत्यधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ ।

कोरोना महामारी नियन्त्रणसँगै प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै जुमको कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको छ । सन् २०२२ मा कम्पनीको नाफा करिब ३८ प्रतिशतले घटेको छ ।

जुमका कार्यकारी अधिकृत एरिक युआनले आगामी आर्थिक वर्षको लागि ९८ प्रतिशतको आफ्नो तलब कटौती गर्ने र आफ्नो बोनस त्याग गर्ने घोषणा गरेका छन् ।

यसैगरी, कार्यकारी नेतृत्व टोलीको तलवमा समेत २० प्रतिशतले कटौती गरिएको छ । यद्यपी कर्मचारहरुको १६ महिनाको तलवसहित स्वास्थ्य सुविधा र वार्षिक बोनस प्राप्त गर्ने भने सक्नेछन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : १८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले