लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित « Khabarhub

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

उपनिर्वाचनमा उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दसौंदी राष्ट्रियसभा उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभारमा सिमित हुन पुगे ।

एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : ०४ बजे

हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार