लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित « Khabarhub

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

उपनिर्वाचनमा उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दसौंदी राष्ट्रियसभा उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभारमा सिमित हुन पुगे ।

एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : ०४ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।