स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वीरगंज –स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।

वीरगंज भन्सारको मुख्यद्वारमा नियमित चेकजाँच गरिरहेको अवस्थामा रक्सौलबाट वीरगंज प्रवेश गर्नेक्रममा बिआर०५ एटि ५९६७ र बिआर०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुबै जनाले हेल्मेटमा लुकाएर ल्याउनेक्रममा प्रहरीको सो रकम फेला पारेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : १८ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट