स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको रकमसहित दुईजना भारतीय पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वीरगंज –स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।

वीरगंज भन्सारको मुख्यद्वारमा नियमित चेकजाँच गरिरहेको अवस्थामा रक्सौलबाट वीरगंज प्रवेश गर्नेक्रममा बिआर०५ एटि ५९६७ र बिआर०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुबै जनाले हेल्मेटमा लुकाएर ल्याउनेक्रममा प्रहरीको सो रकम फेला पारेको हो।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : १८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून