महिलाको स्वास्थ्य र उपचार | Khabarhub Khabarhub

महिलाको स्वास्थ्य र उपचार

आज अन्तर्राष्ट्रिय महिला दिवस


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज अन्तर्राष्ट्रिय महिला दिवस। अधिकार प्राप्तिका लागि लडाइँ लडेका महिलाहरुलाई संविधानले शक्तिशाली बनाए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन। आज पनि नेपाली समाजमा महिलाहरु रोग लुकाएरै बसेको पाइन्छ। महिलाको स्वास्थ्य पुरुषको तुलनामा धेरै संवेदनशील मानिन्छ। नारी दिवसको सन्दर्भमा महिलाको प्रजनन स्वास्थ्य र यसका समस्याबारे जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँगको कुराकानीको आधारमा तयार पारिएको सामग्री :

महिनावारी
सामान्यतया एउटा महिलामा २८ दिनको फरकमा महिनावारी हुने गर्छ। महिलाको शरीर संवेदनशील हुँदा चिन्ता, तनाव लिँदा र धेरै बिरामी हुँदा पनि महिनावारी ढिलो चाँडो हुनसक्छ। महिलामा कुनै महिना दुई पटक पनि र कुनै दुई महिनामा एक पटक नहुने पनि हुनसक्छ। पाठेघरको सङ्क्रमण भएमा महिलामा कालो रगत बग्ने समस्या पनि हुनसक्छ।

पाठेघर खस्ने समस्या
सामान्यतया पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि बुझिन्छ। पाठेघरलाई यथास्थानमा राख्ने तन्तुहरू खुकुलो भएर तल झर्नु नै पाठेघर खस्नु हो। यस्तो समस्या महिलाको बच्चा जन्माउँदा उचित मात्रामा स्याहार सुसार पुगेन भने देखा पर्दछ। पहिलो बच्चा जन्माउने र बच्चाको जन्मान्तर अवधि कम हुनेगरी सुत्केरी हुने, पर्याप्त मात्रामा पोषणयुक्त खानाको कमी हुँदा, अस्पतालमा नगई घरमा बच्चा जन्माउने हुँदा पाठेघरको समस्या हुन्छ। बिना आराम काम बढी गर्ने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ।

असुरक्षित गर्भपतन
असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ। असुरक्षित गर्भपतनले तत्कालीन रूपमा नै विभिन्न प्रकारका रोगको सङ्क्रमण हुन सक्छ। जस्तो पाठेघरमा घाउ हुन सक्ने, र गत धेरै बग्न सक्ने हुनसक्छ। हर्माेनको गडबडीका कारणले महिनावारीमा तलमाथि हुनसक्छ साथै पाठेघरमा सङ्क्रमण हुन्छ। साथै अहिले महिनावारीलाई रोक्न खाइने औषधिले पनि हर्माेनल गडबडीमा धेरै असर गर्नुको साथै बाँझोपन समेत बढ्छ। असुरक्षित गर्भपतनले पछि गएर पाठेघरको मुखको क्यान्सर समेत हुनसक्छ।

पिसाब चुहिने समस्या
४० वर्षदेखि माथिका महिलामा हाँस्दा, खोक्दा वा बल परेको कामहरू गर्दा पिसाब चुहिने हुनसक्छ। यो समस्याको पनि महिलाले समयमा नै वा महिनावारी रोकिने बित्तिकै उपचार गर्याे भने महिलामा पिसाब चुहिने समस्या कम भएर जान्छ।

महिनावारी सुकिसकेपछि हुने समस्या
अहिले पनि महिनावारीको समयमा हुने समस्याको बारेमा छलफल हुन बाँकी नै छ। यो समस्या धेरै ठूलो होइन। तर महिलालाई यसले मानसिक रूपमा असर पार्छ।

समस्या समाधानका उपाय
-महिलाहरूले आफ्नो प्रजनन अङ्गलाई सधैँ सफा राख्नु पर्दछ।
-दैनिक रूपमा आफ्ना भित्री वस्त्रहरू चेन्ज गरिरहनु पर्छ।
– धुम्रपान र मादक पदार्थको सेवन गर्नु हुँदैन।
-व्यायाम गर्ने र पोषणमा ध्यान दिने गर्नुपर्छ।
-पिसाबको इन्फेक्सन हुन नदिन पर्याप्त मात्रमा पानी पिउर्ने।
-सुत्केरी अवस्थामा विशेष ख्याल गर्ने।
-मोटोपन घटाउने।
-महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउन सकिन्छ।
-महिला आफैले आफूमा कुनै स्वास्थ्य समस्या भयो भने तुरुन्त नलजाई सम्बन्धित चिकित्सकसँग सल्ला र सुझाव लिने गर्नुपर्छ। (जनस्वास्थ्य विद् डा. अरुणा उप्रेतीसँग खबरहबले गरेको कुराकानीमा तयार पारिएको सामग्री)

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ४० बजे

चीनले वृद्धवृद्धाको स्याहारमा एआई प्रयोग गर्ने

बेइजिङ– चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृत्रिमता (एआई) र

एमालेबाट जितेका पूर्ववडाध्यक्ष, रास्वपातिर

धनगढी– कमलबजार नगरपालिका–४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोली हाल राष्ट्रिय

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएकाे बताएका छन्

राष्ट्रियसभामा सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै

समर्थकको भिडसहित निर्मल निवासतिर पूर्वराजा शाह (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिना लामो पोखरा बसाइपछि