आईपीएल : कम उमेरमा पाएको चर्चा | Khabarhub Khabarhub

आईपीएल : कम उमेरमा पाएको चर्चा


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय विश्व क्रिकेटमा अफगानिस्तानले एकसेएक स्टार जन्माएको छ। यी थुप्रै स्टार मध्येका रसिद खान अहिले पनि संसारका आकर्षण हुन्। त्यसै अफगानिस्तानले अहिले एउटा नयाँ युवा सनसनी पाएको छ। १५ वर्षीय अलाह मोहम्मद गफान्जर यसका प्रमुख उदाहरण हुन्।

मार्च अन्त्यमा सुरु हुने यस सिजनको आईपीएलमा आबद्ध हुने खेलाडीमध्ये उनी सबैभन्दा कान्छो खेलाडी हुन्। उनी मेघा अक्सनमा आबद्ध भएका हुन्। १५ वर्षीय स्पिनर उनले फास्ट बलरको रूपमा कीर्तिमान कायम गरेका हुन्।

सानोमा छिमेकमा टेनिस खेलबाट उनले सुरुवात गरेका थिए। पछि विस्तारै स्पिनमा ब्याट्सम्यानले सङ्घर्ष गरेको देखेपछि उनी यसमा आकर्षित भएका थिए। तीनै गफान्जारका हरेक कथा धेरैका लागि प्रेरणाको स्रोत हुन सक्छन्।

गफान्जर यस आईपीएलमा बिक्री नहुने खेलाडी थिए। तथापि अक्सनको उपस्थिति नै सनसनीपूर्ण समाचार बनेको थियो। पहिलो पटक फ्रेन्चाइजको अनुभव गर्ने क्रममा उनले नेपालमा सुदूर पश्चिमको टोलीबाट प्रतिनिधित्व गरेका थिए।

उनको मूल्य २० लाख भारतीय रुपैयाँ राखिएको थियो। अफस्पीनर उनी यस अगाडिका स्टार अफगानी बलर मोहम्मद नावी र रसिद खानबाट प्रभावित मानिन्छन्।

गफान्जर भारतीय अफ स्पिनर रवि चन्द्र आश्विनबाट पनि विशेष प्रभावित थिए। १५ जुलाई २००७ मा जन्मिएका उनले लामो समयसम्म टेनिस बलमा नै क्रिकेट खेलेका थिए। ६ फिट २ इन्च उचाइ भएका कारण उनी फस्ट बलर भएका हुन्। अफगानिस्तानका कप्तान दावलात अल्मात्जीका कारण उनी स्पिनर भएका हुन्।

स्थानीय तहको यू–१६ खेली सकेपछि उनी यू–१९ तहको प्रशिक्षणमा व्यस्त रहे। उनले मिस काइनाइट लिगका लागि स्पागेजाका तर्फबाट खेलको सुरुवात गरे। पहिलो सिजनमा उनले तीन खेलमा पाँच विकेट लिए। हिन्दकुल स्टारसँगको खेलमा उनले १५ रन खर्चेर ४ विकेट लिएका थिए।

त्यसपछि आफ्नो खेलमा सुधार ल्याउनकै लागि उनले आईपीएलमा सहभागी हुन् इच्छा जनाएका थिए। थुप्रै भारतीय र ओभरसिज खेलाडीको माझमा रहने उनका इच्छा थियो।
२००८ मा आईपीएल क्रिकेटको स्थापना भए यता धेरै स्टार खेलाडीको उदय भएको छ।

सन् २०२२ सम्ममा सबैभन्दा कम उमेर आईपीएलमा सहभागिता जनाउने खेलाडीमा प्रीयर रे बर्मन थिए। उनले सन् २०१९ मा १६ वर्ष १५२ दिनको अन्तरमा रोयल च्यालेन्जर बंगलोरको तर्फबाट प्रतिनिधित्व गरेका थिए। यी अलराउण्डरले सनराइजर्स हैदरावादविरुद्धमा पहिलो खेल खेलेका हुन्।

सो खेलमा उनको स्पेल महँगो साबित भएको थियो। पहिलो ४ ओभरमा ५६ रन खर्चेपछि उनको आइपिएल यात्रा नै सकिएको थियो। त्यसपछि अर्को सिजनमा बंगलोरले उनलाई छाड्यो भने अन्य कुनै पनि टोलीले रुचि देखाएनन्।

अफगानिस्तानका मुजीव उर रहमान भने कम उमेरमा डेब्यु गर्ने दोस्रो खेलाडी हुन्। उनी भने आईपीएलमा टिकी रहे।

उनले १७ वर्ष ११ दिनका दिनमा आईपीएलमा डेब्यु गरेका हुन्। २१ औं शताब्दीमा जन्मिएर व्यवसायी क्रिकेट खेल्ने र अन्तर्राष्ट्रिय डेब्यु दुवै गर्ने उनी पहिलो खेलाडी हुन्। एक दिवसीय खेलमा पाँच विकेट लिने पहिलो खेलाडीको रूपमा पनि उनले कीर्तिमान कायम गरे।

सन् २०१८ मा मुजीब पहिलो पटक पन्जाबको प्रतिनिधित्व गर्दै आईपीएलमा आबद्ध भएका हुन्। पहिलो सिजनमा १४ विकेट लिएपछि उनी धेरैको आँखामा परेका थिए। उनी २०२१ सम्म पन्जाबमा नै रहे।

रियान परागले १७ वर्ष १ सय ५२ दिनमा आईपीएलमा डेब्यु गरेका थिए। सन् २०१९ मा डेब्यु गरेदेखि नै उनी आईपीएलका महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका थिए। भारतलाई सन् २०१८ को यूथ क्रिकेट विश्वकप दिलाउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो। मध्य क्रमका ब्याट्सम्यान उनी स्पिन बलिङका लागि उपयुक्त मानिन्छ। साथै फिल्डिङमा पनि उनी त्यत्तिकै उत्कृष्ट मानिन्छन्।

आईपीएल इतिहासमा सबै भन्दा कम उमेरमा अर्धशत्तक प्रहार गर्ने खेलाडीको रूपमा पनि उनले कीर्तिमान कायम गरे। २३ पारीमा तीन सय ३९ रन प्रहार गरेका उनले त्यसै क्रममा तीन विकेट पनि लिए।

यु–१९ विश्वकपमा भारतको तर्फबाट उनले गरेको प्रदर्शनले नै त्यस उचाइमा लगेको हो। घरेलु प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी बारम्बार राष्ट्रिय टोलीको ढोका ढकढक्याउन सफल भए। आईपीएल इतिहासमा उनी चौथो कान्छो खेलाडी हुन्।

सन् २०१५ मा उनले रोयल च्यालेन्जर बंगलोरका लागि आईपीएलमा डेब्यु गरेका थिए। उनको केही सटहरूले त सबैलाई मोहित पार्ने किसिमका थिए। एउटै पारीमा २७ बलमा ४६ रन प्रहार गरेपछि विराट कोहली र एबी डी भिलियर्स पनि उनीसँग आकर्षित भएका थिए।
सन् २०१७ मा उनी पन्जाब किङ्समा आबद्ध भए। उनले त्यहाँ रहँदा २८ पारीमा ४ सय ४१ रन प्रहार गरे। २०२२ मा उनी दिल्ली क्यापिटलमा आबद्ध भए।

अभिषेक शर्मा पनि भारतलाई यूथ विश्वकप उपाधि जिताउने टोलीका सदस्य हुन्। उनले पनि १७ वर्ष २ सय ५१ दिनको उमेरमा आईपीएलमा डेब्यु गरेका हुन्। उनले यूथ विश्वकपमा दिलाएको सफलता पछि दिल्ली प्रवेशको बाटो खुला गरेका हुन्। ५५ लाख भारतीय रुपैयाँमा दिल्लीमा आबद्ध भएका उनले आईपीएलको एक पारीमा १९ बलमा ४६ रन प्रहार गर्दै सनसनी फैलाएका थिए। त्यस पछि नै उनी हैदरावाद पुगेका हुन्।

कम उमेरमै आईपीएलमा प्रवेश पाएर लगातार सनसनी फैलाउने खेलाडी भने शुभमन गील हुन्। उनी सन् २०१८ मा भारतले यूथ विश्वकपको उपाधि जित्दा टोलीका कप्तान थिए।

सन् २०१८ मा कलकत्ता नाइट राइडर्समा आबद्ध भएका उनी त्यो वर्ष देखिनै स्थान पाउन सफल रहे। उनमा रहेको अस्वाभाविक क्षमता देखेर कलकत्ताको टोलीले सन् २०१९ मा पनि उनलाई टोलीमा समाहित गरेको थियो। नभन्दै कलकत्तामा रहँदै त्यसै वर्ष उनले अन्तर्राष्ट्रिय एक दिवसीय खेलको अवसर पाए। सन् २०२० मा उनी टेस्ट टोलीमा पनि प्रवेश पाउन सफल भए। एकपछि अर्को सफलता पाएका उनी सन् २०२२ मा गुजरात टाइटानमा पुगे। उनी त्यसै वर्ष सबैभन्दा धेरै सफल भए।

आईपीएल जीवनमा स्थिर रहेका उनी सन् २०१८ मा १३ खेलमा सहभागी थिए। उनले ३३ दशमलव ८३ का दरले दुई सय ३ रन प्रहार गरेका थिए। अर्को वर्ष ३२ दशमलव ८८ औसतले १४ खेलमा २ सय ९६ रन प्रहार गरे।

सन् २०२० मा उनले ३३ दशमलव ८४ औसतले १४ खेलमा ४ सय ४० रन प्रहार गरेका थिए। कलकत्तामा अन्तिम जिनको रूपमा सन् २०२१ मा उनले २८ दशमलव ११ को औसतले १७ खेलमा ४ सय ७८ रन प्रहार गरे। आईपीएलमा उनले सानदार प्रदर्शन गरे। ३४ दशमलव ५० को औसतले १६ पारीमा उनले ४ सय ८३ रन प्रहार गरेका थिए।

अहिले उनी २४ वर्षको हुँदा भारतका स्टार ब्याट्सम्यानको छवि बनाउन सफल भएका छन्। तर युवा अवस्थामा पनि उनले अस्वाभाविक प्रदर्शन गरेको कुरा नकार्न मिल्दैन। यी धेरै खेलाडीको माझमा अहिले अक्सनमा बिक्री नभए पनि १५ वर्षका गफान्जारका लागि अक्सनमा उपस्थित हुनु नै महत्त्वपूर्ण हो। स्रोत : स्पोर्ट्स स्टार, आइपिएल

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : १९ बजे

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि