लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू : मुख्यमन्त्री गिरी « Khabarhub

लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू : मुख्यमन्त्री गिरी


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

आज महिला अन्तर्राष्ट्रिय नारी दिवसको विश्वभरि ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी  मनाइँदै छ । महिला अधिकार, सशक्तीकरण र आत्मसम्मान प्राप्तिको ठूलो उत्सवका रुपमा विश्वभर मनाइँदै आइएको छ । नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाअभियानका रुपमा पनि मनाइँदै आइएको मुख्यमन्त्री गिरीले स्मरण गरेका छन् । 

उनले सन्देशमा भनेका छन्- जहानियाँ  राणाशासन, निरकुङ्श पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय छ । 

महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाइँमा मात्रै सीमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पुर्‍याउन नारी दिवसका अवसरमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्रीले महिलाको सक्रियता, जुझारुपन र अठोटको सम्मान व्यक्त गरेका छन्।

अझै नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा पीडित भएको उल्लेख गर्दै उनले भनेका छन् , ‘यस्ता कुप्रथाको अन्त्य गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पुर्‍याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ ।’ संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उनले सबै राजनीतिक दल, सङ्घसंस्था र आम नागरिकमा अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ३ : २१ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न