तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् | Khabarhub Khabarhub

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।

दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउनुहुन्छ । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्नुहुन्छ ।

अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउनुहुन्छ ।

ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ०८ बजे

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण

जुम्ला– हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण

‘नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनले सम्बन्ध बलियो बनाउँछ’

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको

पत्रकारलाई देश र जनताका पक्षमा कलम चलाउन आग्रह

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा

थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम (तस्बिरहरू)

काठमाडौं- नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा थालिएको

युएईका राजदूतले भेटे प्रधानमन्त्री ओलीलाई  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब