राष्ट्रपतिको निर्वाचनपछि राजनीतिमा नयाँ कोर्स सुरु हुन्छः झाँक्री « Khabarhub

राष्ट्रपतिको निर्वाचनपछि राजनीतिमा नयाँ कोर्स सुरु हुन्छः झाँक्री


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् । “राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ ।

निर्वाचनमा राष्ट्रप्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ,” पुर्व शहरी विकास मन्त्री रहेकी झाँक्रीले भनिन्, “त्यसपछि बन्ने राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा अव राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायीत्व प्राप्त गर्नेछ ।”

झाक्रीले दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् । “हामीले यस्तो निर्वाचन प्रणाली अलवम्बन गर्‍यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरी नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर कतिपय अवस्थामा वाध्यत्मक पनि हुनसक्छन्,” झाँक्रीले भनिन्, “तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । किनभने उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्छ ।”

कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर बिमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ३७ बजे

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित