भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ « Khabarhub

भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।

समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ ।

समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । अब समर सिंहलाई अदालतमा पेस गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउने तयारी भइरहेको छ । यस घटनाका दोस्रो अभियुक्त सञ्जय सिंह अझै पक्राउ परेका छैनन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आकांक्षा गत आइतबार उत्तर प्रदेशको सारनाथस्थित एक होटेलको कोठामा मृत फेला परेकी थिइन् । मोडलबाट अभिनयको दुनियाँमा आएकी भोजपुरी नायिकाले आत्महत्या गरेको विषयमा प्रहरीले थप आशंका गरेको छ तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।

आकांक्षाले ‘कसम पैदा करने वाले की २, मुझसे शादी करोगी (भोजपुरी( र वीरों के वीर जस्ता धेरै क्षेत्रीय फिल्महरूमा काम गरेकी थिइन । उनले भोजपुरी म्युजिक भिडियो र फिल्ममा पनि काम गरेकी थिइन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ३९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच