कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था छ: रक्षामन्त्री खड्का « Khabarhub

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था छ: रक्षामन्त्री खड्का


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले देशको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले भने, ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ ।’

सरकारले हालै मात्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको उल्लेख गर्दै अब त्यसैका टेकेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाए ।

यस्तै, खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पठाइने बताए ।

केन्द्रीय गठबन्धन अनुसार एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ११ : ३० बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका