पप्पुले छोडेको तिनकुनेको पुल निर्माण आगामी वर्ष सुरु हुने « Khabarhub

पप्पुले छोडेको तिनकुनेको पुल निर्माण आगामी वर्ष सुरु हुने


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो । चालु आवमा डिजाइन सकाएर अर्को वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो । केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उनले बताए । काम सुरु गर्नुअघि यसअघि सो पुल निर्माणमा संलग्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएको संरचना भत्काउनुपर्ने उनको भनाइ छ । विसं २०७९ असार १० मा सम्झौता भएको सो ठेक्काको जम्मा अवधि ४२ महिना छ । अहिले सञ्चालनमा रहेको बीचको पुलको दुवैतर्फ पुल बनाउने गरी एउटै निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ । डिजाइन स्वीकृत भएसँगै निर्माण हुनेछ । करिडोर निर्माण गरिरहँदा बाधा पुग्ने भनेपछि केही समय कुरिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “हामीले काम नसकाएसम्म होल खोप्न पाइँदैन भनेर रोकेर त्यो सकिएपछि नै होल खोपिएको छ ।”

यो आवमा डिजाइनमा नै लाग्ने र त्यो सकिएपछि आगामी आवबाट मात्रै भौतिक काम हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । डिजाइन सकिँदासम्म वर्षा सुरु हुने भएकाले खन्ने काम गर्न नहुने उनले बताए ।

कम्पनीले डिजाइन बुझाएपछि आयोजनाबाट क्षेत्रीय हुँदै विभाग पुगेर त्यहाँबाट स्वीकृत भएपछि मात्रै निर्माणमा जान सकिने छ । डिजाइनका क्रममा कुनै कुरा नमिलेको पाइएमा कहिले आयोजनाले फर्काउने, कहिले क्षेत्रीय त कहिले विभागले फर्काउने गरेका छन् । उनले भने, “डिजाइनको स्वीकृतिका लागि सँगै बसेर छलफल गर्ने चलन हुँदैन, कहिले के मिलेन भनेर फर्किरहँदा पनि डिजाइनमा बढी समय लाग्छ ।”

आयोजनाले यसअघि नै विगतमा काम गरेको कम्पनीसँग भएको धरौटी र बैंक ग्यारेन्टी जफत गरिसकेको छ । कम्पनीसँग ठेक्का तोडिएपछि उसले बिगारेको संरचना भत्काउन र बनाउन लाग्ने लागत बोहर्नपर्ने हुन्छ । असुल हुन बाँकीलाई बाँकी असुल सरह गरी अर्थ मन्त्रालयअन्तर्गत कुमारीचोक तथा केन्द्रीय कार्यालय पठाइएको छ ।

पहिले पनि निर्माण कम्पनीले कहिले काम नगर्ने त कहिले डिजाइनभन्दा फरक निर्माण गर्दा लामो समयसम्म अलपत्र परेको सो आयोजनामा हाल कार्यरत निर्माण कम्पनी पनि अहिले कालोसूचीमा परेको छ । ठेक्का भएर पछि मध्यपहाडी राजमार्गमा पुल नबनाएर कम्पनी कालोसूचीमा परेको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माण गरी ठेक्का वाइ-पि-किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ ।

बिजुली बजारको पुल जस्तै यो पुल पनि नयाँ प्रविधि मानिने ‘आर्स एण्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको हो । यस्तो डिजाइनको पुलले शहरी क्षेत्रको आकर्षण बढाउने हुँदा सडक विभागले मुख्य सडकमा निर्माण अघि बढाएको थियो । विसं २०७१ मा तीनकुने पुल र बिजुली बजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुली बजारस्थित धोबीखोला पुल तीन वर्ष पहिलेदेखि नै सम्पन्न भएर सञ्चालनमा छ ।

तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो । अरु पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १ : ०५ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन