सरकार कृषि केन्द्रित हुनुपर्छ : नैनसिंह महर « Khabarhub

सरकार कृषि केन्द्रित हुनुपर्छ : नैनसिंह महर


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले कृषि क्षेत्रको लगानीमा ध्यान दिनुपर्ने बताएका छन्। डेमोक्रेटिक एग्रिकल्चरिस्ट एशोसियसन नेपाल (डान) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले कृषि प्रधान देशमा कृषिमा लगानी नहुनु चिन्ताको विषय भएको बताए।

‘नेपाल भारत र चीन जस्तो विशाल मुलुकको बीचमा छ। ती दुई देशमा चार प्रतिशत भन्दा बढी बजेट कृषिमा छुट्याइन्छ। नेपालमा दुई प्रतिशत हाराहारीमा मात्र छ। यसले नेपाली किसानलाई अनुदान दिन पनि पुग्दैन। यस्तो हुँदा हाम्रो उत्पादन महँगो र आयातित सामान सस्तो हुने हुन्छु,’ उनले भने। कृषिलाई आधुनिकीकरण गर्दै रोजगार मूलक बनाउन सक्नुपर्नेमा महरको जोड छ। वैज्ञानिक कृषि प्रणाली आजको आवश्यकता भएको उनले बताए।

‘कृषि प्रधान मुलुकमा सरकारले कृषिलाई नै प्राथमिकतामा राख्नुपर्छ। यसले उत्पादन बढ्नुका साथै युवालाई कृषितर्फ आकर्षित गर्छ। नेपालमै राम्रो उत्पादन भएमा बाह्य देशबाट खाद्य सामग्री आयात गर्नु पनि गर्दैन। नेपालकै उत्पादकत्व बढेर मुलुक आर्थिक रुपमा समृद्ध हुने हो’, महरले भने।

नेपालको २७ प्रतिशत खेती योग्य जमिन मध्ये २० प्रतिशतमामात्र खेती भइरहेको तथ्यांकले देखाएको महरले स्मरण गरे।  यस पटकको बजेटमा सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

यसका साथै फरक प्रसंगमा बोल्दै उनले उपनिर्वाचन भइरहेका स्थानमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। यस्तै सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम राम्रो रहेको बताउँदै उनले त्यसको कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।

मन्त्री र प्रधानमन्त्रीले उद्‍घाटन र मिडियाबाजीमा ध्यान दिनु भन्दा पनि काममा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : २२ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक