सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ६ लाई | Khabarhub Khabarhub

सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ६ लाई


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै र वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ रनले पराजित गर्दै फाइनल पुगेका थिए ।

जितसँगै वडा नम्बर ६ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ६० रनको समान्य योगफल बनायो । 

उसका लागि  आषिश रोकाले १६ र अर्मान मल्लिकले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का  सुरज गुरुङ, प्रवेश अन्सारी र इकलाख वारिसले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा ६१ रनको झिनो लक्ष्य पछ्याएको वडा नम्बर ६ ले ९.४ ओभरमा २ विकेटको क्षतिमा ६६ रन बनाउँदै लक्ष्य पूरा गर्यो र मेयर कपको उपाधि चुम्न सफल भयो । उसको जितमा प्रवेश अन्सारीले २७, अर्जुन चौधरीले नटआउट २१ र अकबर अलीले नटआउट ९ रनको योगदान दिए । बलिङमा वडा नम्बर ३ का अर्जुन चौहान र मैनउद्दिन शेषले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ६ का प्रवेश अन्सारी म्यान अफ द फाइनल घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा वडा नम्बर ६ का सुरज गुरुङ म्यान अफ द सिरिज भई ११ हजारसहित ट्रफी र मेडल पाए भने वडा नम्बर ८ का सुमन अधिकारी उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का सुजन न्यौपाने उत्कृष्ट ब्याट्सम्यान बने । उनीहरु दुवैजनाले जनही ५  हजार एक सयका दरले नगदसहित ट्रफी र मेडल पाए ।

विजेता र उपविजेता खेलाडीहरूलाई जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चापागाईं, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, वडाध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए । 

स्थानीयस्तरबाट नयाँ-नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ६ : ४२ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु