पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा सम्मानपत्र तथा मानार्थ सदस्यता वितरण « Khabarhub

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा सम्मानपत्र तथा मानार्थ सदस्यता वितरण


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न  पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आज एक विशेष कार्यक्रमका बीच वितरण भएको छ। पद्म कन्या क्याम्पसको डेनिस हलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालले गरेका थिए ।

कार्यक्रममा ‘पुष्पपराग वर्ष सम्मान तथा पुरस्कारू साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने ‘तिलकुमारी खड्का स्मृति पुरस्कारू तथा सम्मान’ शोभा दुलाललाई नील-गङ्गगा भाषा साहित्य पुरस्कार तथा सम्मान, शरदचन्द्र वस्तीलाई ‘पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान’ हरिदेवी कोइरालालाई ‘शुक्रमन्दिर लोक साहित्य पुरस्कार तथा सम्मान’ सत्यकला राईलाई ‘कृष्णलालरगोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान’ छेवाङ्ग तेन्जिङ लामालाई ‘परममाया कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान’ खेमनाथ दाहाललाई र ‘पुष्पपराग युवा साहित्यकार सम्मान’ डिल्लीप्रसाद मूल्तिहूनलाई प्रदान गरिएको हो। साहित्यमा योगदान गरेबापत प्रत्येक वर्ष एक जना ब्यक्तिलाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिएको छ।

पुरस्कार छनोट समितिले पुरस्कृत तथा सम्मानित हुने व्यक्तित्वहरू  छनौट गर्दा गैर राजनीतिक, निर्विवादित, निष्पक्ष र स्थापित सर्जकहरुको राय सल्लाह लिएको, पुरस्कृत तथा सम्मानित ब्यक्तिहरूको छनौट गर्दा  विभिन्न तह पार भएको र जसको अंक भार बढी आएको हो उक्त ब्यक्तिलाई  पुरस्कार दिएर सम्मान गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति डा। प्रदीप कुमार मैनालीले बताए।

पुरस्कार लेनदेनमा गुटबन्दी हुने, साटासाट गरिने, किनबेच हुने जस्ता कृती फैलिएको अवस्थामा पुष्पपराग साहित्य प्रतिष्ठानले अत्यन्तै पारदर्शी र विवेकपूर्ण ढंगले काम गरेको र यस संस्थाबाट अरू संस्था लगायत सरकारले समेत सिक्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले प्रष्ट पारे ।

पुरस्कृत साहित्यिक स्रष्टाहरूको व्यक्तित्व चर्चा डा. अम्बिका अर्याल र  डा. जीवन जीवन्तले गरेका थिए भने गीत संगीतमा योगदान दिनु हुने कलाकारको योगदान बारेमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ०४ बजे

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई