सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउने प्रस्ताव एमालेद्वारा अस्वीकार « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउने प्रस्ताव एमालेद्वारा अस्वीकार


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ । 

शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेका थिए ।

तर प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने यस विषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्याय सम्बन्धी , संवैधानिक परिषद् र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्गो लगाउने विषयमा छलफल भएको बताए । उनले आफूहरूले फास्ट ट्रयाकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानुपर्नेमा जोड दिएको जानकारी दिए ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई सहज रुपमा अघि बढाउने लगायतका विषयमा सकारात्मक रुपमा कुराकानी भएको जानकारी दिए । उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाक भन्दा पनि समितिमा लैजानुपर्ने बताए ।

त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले सकारात्मक छलफल भएको जानकारी दिए । त्यस्तै सभामुख घिमिरेले नेताहरूको बीचमा सबै विषयमा सहमति खोज्नका लागि छलफल भएको बताए । उनले सबै विषयमा सकारात्मक छलफल भएको बताए ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरूले जनाएका छन् । 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ४२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका