‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ सम्पन्न « Khabarhub

‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ सम्पन्न


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोयल मुभिज प्रा.लि.को प्रस्तुती ‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ शुक्रबार नाचघरको सभाहलमा सम्पन्न भएको छ । 

महिला नौमती बाजा बजाएर उद्घाटित कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सभामुख भुवन पाठक, अध्यक्ष निरेन श्रेष्ठ (रोयल मुभिज प्रा.ली.) सभापति भाइराम श्रेष्ठ रहेका थिए । कार्यक्रममा गीत-संगीतसंग सम्बन्ध विभिन्न विधाका कलाकारहरूलाई सम्मानित गरिएको थियो । 

सम्मानित हुने कलाकारहरूमा सर्वोत्कृष्ट पप अवार्ड चर्चित गायक दिपेश श्रेष्ठ वैध को (झम्के बुलाकि)भएकाे छ। रुकुमको ताक्सेरमा छायान्कन गरिएको उक्त म्युजिक भिडियो सर्वोत्कृष्ट लोक पप विधामा सर्वोकृष्ट बन्दै अवार्ड हात पार्न सफल भएको छ । 

उक्त गीतको अवार्डको सिलसिला मा नायिका गौरी मल्ल समेत गायक श्रेष्ठ को व्यक्तित्वबाट प्रभावित भएकी छिन । राष्ट्रिय भाव गीत–सिन्धु पौडेल, सर्वोत्कृष्ट बाल गायिका– उपमा थपलिया, सर्बोत्कृष्ट भिडियो छायाँकार– अनिल कट्वाल लगायतले अवार्ड चुम्न सफल भएका थिए भने मुरलीधर (दिर्घ साधना सम्मान), धुर्वराज खड्का, गौरी मल्ल, नवराज घोरासैनी, आनन्द कार्की, उत्तम के.सी., सुनिल मास्के, विशेष सम्मानद्धारा सम्मानित भए । नेपाली चलचित्र प्रेमगीत परिवारबाट सन्तोष सेन, प्रदिप खड्का, कृष्टिना गुरुङ्ग, डब्बु क्षेत्री –राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

निर्णायक मण्डलमा यश कुमार, मञ्जिता के.सी., हुम गैरे, जय लक्ष्मी छन्त्याल पुन, ओम सुनार, रामकुमार के.सी., ज्ञानेन्द्र शाही रहेको थिए भने कार्यक्रममा अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अश्विनी कान्त झा, विजय कायस्था, बिजेन्द्र नौबागे, धिरज खत्री लगायत दर्जनौँ कलाकारलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ५५ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन