‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ सम्पन्न « Khabarhub

‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ सम्पन्न


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोयल मुभिज प्रा.लि.को प्रस्तुती ‘चौँथो ज्योती फिल्मस् म्युजिक अवार्ड- २०७९’ शुक्रबार नाचघरको सभाहलमा सम्पन्न भएको छ । 

महिला नौमती बाजा बजाएर उद्घाटित कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सभामुख भुवन पाठक, अध्यक्ष निरेन श्रेष्ठ (रोयल मुभिज प्रा.ली.) सभापति भाइराम श्रेष्ठ रहेका थिए । कार्यक्रममा गीत-संगीतसंग सम्बन्ध विभिन्न विधाका कलाकारहरूलाई सम्मानित गरिएको थियो । 

सम्मानित हुने कलाकारहरूमा सर्वोत्कृष्ट पप अवार्ड चर्चित गायक दिपेश श्रेष्ठ वैध को (झम्के बुलाकि)भएकाे छ। रुकुमको ताक्सेरमा छायान्कन गरिएको उक्त म्युजिक भिडियो सर्वोत्कृष्ट लोक पप विधामा सर्वोकृष्ट बन्दै अवार्ड हात पार्न सफल भएको छ । 

उक्त गीतको अवार्डको सिलसिला मा नायिका गौरी मल्ल समेत गायक श्रेष्ठ को व्यक्तित्वबाट प्रभावित भएकी छिन । राष्ट्रिय भाव गीत–सिन्धु पौडेल, सर्वोत्कृष्ट बाल गायिका– उपमा थपलिया, सर्बोत्कृष्ट भिडियो छायाँकार– अनिल कट्वाल लगायतले अवार्ड चुम्न सफल भएका थिए भने मुरलीधर (दिर्घ साधना सम्मान), धुर्वराज खड्का, गौरी मल्ल, नवराज घोरासैनी, आनन्द कार्की, उत्तम के.सी., सुनिल मास्के, विशेष सम्मानद्धारा सम्मानित भए । नेपाली चलचित्र प्रेमगीत परिवारबाट सन्तोष सेन, प्रदिप खड्का, कृष्टिना गुरुङ्ग, डब्बु क्षेत्री –राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । 

निर्णायक मण्डलमा यश कुमार, मञ्जिता के.सी., हुम गैरे, जय लक्ष्मी छन्त्याल पुन, ओम सुनार, रामकुमार के.सी., ज्ञानेन्द्र शाही रहेको थिए भने कार्यक्रममा अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अश्विनी कान्त झा, विजय कायस्था, बिजेन्द्र नौबागे, धिरज खत्री लगायत दर्जनौँ कलाकारलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ५५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको