नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो | Khabarhub Khabarhub

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको छैटौँ र सातौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । खेलमा भियतानमले खेलको पहिलो हाफमा नै दुई गोल ग¥यो । भियतनामका लागि दुबै गोल फाम हाइ यनले गरिन । उनले खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा गोल गरेकी हुन् ।

त्यसको एक मिनेट पनि बित्न नपाउँदै भियतनामले अग्रता दोब्बर बनायो । खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता पनि दोब्बर बनाइन । उनले ट्रान थि थु थाओको लामो पासलाई सदुपयोग गर्दै गोल गरेकी हुन ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र भियतनामले नेपालमाथि २–० को सहज जित निकाल्यो । समूह सिमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह सीबाट प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ४१ बजे

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित

मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका

पर्यटन प्रवर्द्धन गर्न इच्छाकामनामा पञ्चमी मेला आयोजना

चितवन– पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल