मुलुक गिरोहले मात्र चलाए « Khabarhub

मुलुक गिरोहले मात्र चलाए

हाम्रो सामाजिक व्यवहारमा सुधार ल्याउनु आवश्यक छ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेपालमा शृङ्खलाबद्ध भ्रष्टाचारका घटना सार्वजनिक हुन थालेका छन्। यो समयमा आएको भ्रष्टाचारको डरलाग्दो काण्डमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि गृह सचिवसम्म मुछिएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काण्डमा गृह प्रशासन नै मुछिएको देखिएको हो। उच्च पदस्थ कर्मचारीदेखि नेता र उनका पविारका सदस्य पक्राउ पर्नेक्रम बढिरहेको छ। यो सतहमा देखिएको भ्रष्टाचार एउटा काण्ड हो। यस्ता काण्ड रहस्यको गर्भमा कति लुकाएका होलान्। सतहमा आएका यस्ता काण्डलाई कानुनी कठघराबाट निष्कर्षमा पुर्याउन के गर्नुपर्छ ? यस्ता घटनामा राज्य कतिसम्म निर्मम बन्न सक्छ ? यी र यस्तै कानुनी र राजनीतिक घटनाक्रमको विषयमा आधारित भएर अधिवक्ता स्वागत नेपालसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

सरकाले राम्रो काम गरेको कारण भ्रष्टाचारका काण्ड सार्वजनिक भएका हुन् ?
अब सुगर पत्ता लाग्यो औषधि खान पाइने भइयो भनेर खुसी कोही पनि हुँदैन। सरकारले राम्रो गरेको छ भनेर हात बाँधेर बसेमा हाम्रो पेट भरिँदैन। यसमा सरकारले राम्रो गर्यो भन्नेमा म छैन। नयाँ पुराना नेताहरू किन कृषि मन्त्री हुन प्रतिस्पर्धा गर्दैनन् ? त्यसमा शिक्षा मन्त्री, विज्ञान मन्त्री हुन किन अगाडि बढेका छैनन्। गृहमन्त्री हुन शिक्षा नभएमा पनि हुने र नाम पदको लागि एउटा देश बिगारेर पैसा कमाउनेलाई हदै सम्मको कारबाही हुनुपर्छ। युवा बेचेको छलफल मात्र अहिले भएको छ। देश बेचेको छलफल किन नभएको हो? त्यसको खोज गर्न सकिन्छ तथा सक्नुपर्छ। देशको सूचना बिक्री भएको थाहा हुँदाहुँदै पनि केही भएको नै छैन सबैलाई एकएक गरेर कारबाही गर्नुपर्छ।

समस्या नेतृत्वमा हो तथा यसमा गृह सचिवसमेत मुछिएका छन्। खासमा के भएको हो मुख्य कुरा ?
जुन देशको गृहमन्त्री नागरिकता नक्कली हुन्छ। राहदानी दिने मन्त्रीको नै राहदानी नक्कली हुन्छ। भनेपछि देशको हालत भन्नै पर्दैन। त्यो देशको राहदानी बोकेर विश्वको जुनसुकै विमानस्थलमा पुग्दा पनि त्यो देशको नागरिक प्रतिको दृष्टिकोण राम्रो हुँदैन। मन्त्रीको हालत त्यो छ अनि कर्मचारीको हालत के हुन्छ ? यो गम्भीर सवाल छ।

यो देशमा नेतागिरी नगरी केही उपाय नै छैन। किन यस्तो भइराखेको छ ?
हरेक क्षेत्रमा असल मान्छे बाँचेका छन्। जसले गर्दा यो देश टिकेको छ। नभए यो देश खत्तम हुन्छ। आफू राम्रो काम गरेर गर्व नगर्ने मान्छेले काम छोडे हुन्छ। सबै क्षेत्रमा केही असल मान्छे छन्। केही क्षेत्रमा केही खराब मान्छे छन्। त्यसैले देश टिकेको छ। सबै पक्षका कर्मचारीमा सकारात्मक सोच हुनु आवश्यक छ। अस्थायी तथा अज्ञान शिक्षकलाई पनि स्थायी बनाएको छ। मुलुक गिरोहले चलाएको मात्र हो। राजनीतिक तह इमानदार हुने हो भने तथा सत्य कार्यमा आधारित हुने हो भने मुलुकको कार्य सही रूपमा अगाडि बढाउन सकिन्छ।

खासमा देश गिरोहले नै घुमाईघुमाई चलाएको हो ?
गिरोहले चलाएको भनेर कसरी भन्ने ? देशको कार्यपालिकाको नेतृत्व जनप्रतिनिधिले नै गरेका छन्। यसमा जिम्मेवार जनप्रतिनिधि नै हुन्। कसरी सञ्चालित, गिरोहले देश चलाएको के हो ? त्यसको संरचना के हो ? यो विषयमा सबै संसदीय व्यवस्थाका प्रधानमन्त्री जिम्मेवार बन्नुपर्छ। किनभने यो पद्धतिको सर्वेसर्वा कार्यकारी हो। सांसद स्वयं मन्त्री बनेपछि किन हतकडी लगाउने काम गर्छन् ? हामीले हाम्रो सामाजिक व्यवहारमा सुधार ल्याउनु आवश्यक छ। राजनीति भन्दा बढी विकास नीतिमा केन्द्रित हुनुपर्छ।

के व्यक्ति असल र पद्धति खराब हो ?
होइन। व्यक्तिको चरित्रका निर्माण बाध्यात्मक अवस्थाले गर्छ। बाध्यात्मक व्यवस्था आएको छ। जुन कार्य आफै गर्नुपर्ने हुन्छ। सरकारले तोकेको कार्यलाई मात्र गर्ने हो। सबैले कर्तव्य निर्वाह गरे यो पद्धतिलाई दोष लगाउनु नै पर्दैन।

नक्कली भुटानी शरणार्थीमा खासमा भएको के हो ? यसमा टोपबहादुर रायमाझी पक्राउ पर्ने भएपछि किन सरकारले प्रहरीमा हस्तक्षेप गरेको हो ?
जुन देशमा मन्त्री नै नक्कली छन्। त्यहाँ नागरिक नक्कली भएर विदेश गएको पाइन्छ। अब के कुरा गर्न बाँकी हुन्छ। सरकारको नीति युवाले बेच्ने नै हो। जिल्ला जिल्ला घर घरबाट राहदानी बनाएर युवा बेच्ने नीति बनाउन मन्त्री नै सहभागी भएका छन्। खाली भुटानी बनाएर बेच्ने कि नेपालीलाई नै बेच्ने भन्ने कुरा मात्र फरक हो। भ्रष्टाचार गरेर पैसा तिर्ने देशमा युवा बेचबिखन गर्नु कुनै नौलो कुरा हो जस्तो लाग्दैन। को व्यक्ति पर्यो भन्दा पनि हामीले कस्ता व्यक्तिलाई पदमा पठाएका छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने प्रष्ट भएको छ। दोषीलाई लुकाउन खोज्नु राज्यकै कमजोरी हो। यसले राज्यको नेतृत्वमा रहेका व्यक्तिसमेत भ्रष्ट छन् भन्ने प्रष्ट पार्छ।

खासमा यो व्यवस्था आफैमा समस्या त होइन ?
खासमा व्यवस्था भनेको एउटा संरचना मात्र हो। जो जस्तो व्यक्ति सरकारमा गएपछि उही जस्ताको त्यस्तै बनेर बाहिर निस्कन्छ। जुन मान्छे कानुन मात्र लेखेर फर्किन्छ त्यो मान्छे मन्त्री हुँदैन। एउटै मान्छेलाई कानुन बनाउन दिनु नहुने पक्षका रूपमा रहेको छ।
(एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : २१ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज