सतबाँझ-श्रीभावर-हाट सडक निर्माणको काम तीव्र | Khabarhub Khabarhub

सतबाँझ-श्रीभावर-हाट सडक निर्माणको काम तीव्र


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ-श्रीभावर-हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ-श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिएका छन् । 

यसअघि छ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याटबाहेक रु ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । गाडागाउँदेखि कठेगौँडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

 यसका साथै कठेगौँडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ । यसका साथै श्रीभावर-हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ  ।  

प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रुपमा प्रयोग हुनेछ । साथै भारतीय सीमानाका झुलाघाटका लागि समेत छोटो बाटोको रुपमा प्रयोग हुने भएकोले  व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्टले बताएका छन्।  

आर्थिक वर्ष २०५५-५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि प्रदेश सरकार आएपछि  गति लिएको छ । शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो । 

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : १७ बजे

पाएका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई

रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

सुरक्षा उपकरण किन्दा घुस- सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू सबै