नक्कली लालपुर्जा बाँडेर पैसा असुल गर्ने चार पक्राउ « Khabarhub

नक्कली लालपुर्जा बाँडेर पैसा असुल गर्ने चार पक्राउ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

झापा– नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चार जना पक्राउ परेका छन् ।

 मेचीनगर नगरपालिका– ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाँड्ने कार्यमा संलग्न चारजना पक्राउ परेका हुन । उनीहरूले एक सय भन्दा सर्वसाधारणबाट रकम उठाएर नक्कली लालपुर्जा बाँडेको खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिइएको छ । सो घटनामा संलग्न एकजना भने फरार रहेका छन् । 

प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडने क्रममा पक्राउ परेकाहरूले एक परिवारसँग ९०  हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : १५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले