असल नेतृत्व एक ठाउँमा बसेर देश विकासमा लाग्नुपर्छ « Khabarhub

असल नेतृत्व एक ठाउँमा बसेर देश विकासमा लाग्नुपर्छ

देश विकासका लागि संसदमा संकल्प प्रस्ताव लानुपर्छ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वैशाख १० गतेको उपचुनावले पुराना दलप्रतिको आकर्षण घट्दै गएको देखाएको छ। पुराना दल र तिनका नेताप्रति जनतामा ठूलो आक्रोश देखिन्छ। तर पुराना दलले आफूलाई सुधारका लागि केही गर्न सकेका छैनन्। कांग्रेस र कम्युनिस्टको द्वन्द्वको फाइदा अन्य दलले दिइराखेका छन्। राजनीतिलाई सुधार गर्न के गर्नुपर्छ ? हाम्रा दलका समस्या के हुन् ? यी र यस्तै समसामयिक एवम् राजनीतिक विषयमा आधारित रहेर पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

पुराना दलहरूले अहिले के गरिरहेका छन् ?
सबै दलका सकारात्मक र नकारात्मक काम हुन्छन्। त्यसमा अब सबै नकारात्मक काम कुरा त्यागेर सकारात्मक कामतर्फ जानुपर्छ। २०१७ साल पछिका नेता लोभी र पापी देखिए अब यिनले जनतासँग माफी माग्नुपर्छ। शेरबहादुर, केपी, प्रचण्ड, माधव नेपाललगायतले जनतासँग माफी माग्नुपर्छ। देश विकासको लागि अध्ययनशील नेता आवश्यक पर्छ। यदि नेता अध्ययनशील भएन भने अर्को अध्ययनशील व्यक्तिहरूले आएर उनीहरूलाई ठग्ने गरेको हाम्रोमा प्रशस्त उदाहरण देखिइसकेका छौं। कांग्रेस आफैले लिएको आर्थिक नीतिका कारण अहिलेको आर्थिक अवस्था ध्वस्त भएको छ।

अब राम्रो नेपाल बनाउन के गर्नुपर्ला ?
नेपाल बनाउन केही गर्नु पर्दैन। कसैको केही चाहिँदैन। एमसीसी जस्ता परियोजनाले मात्र देश बन्दैन। नेतामा काम गर्ने पद्धति आवश्यक छ। हामी तीन करोड नेपालीको एउटा शक्तिशाली युवा समूह बनाएर सबैलाई एक एक लाख रुपैयाँ शेयर हाल्न आह्वान गर्ने हो भने त्यो ३० खर्ब रुपैयाँ हुन्छ। बाहिर गएका आप्रवासी सबै गरेर अर्को तीन करोड नेपाली छन्। तिनले पनि लगानी गर्छन्। त्यो सबै गरेर ६० खर्ब रुपैयाँ जम्मा हुन्छ। त्यो सबै पैसाले विद्युतको ट्रान्समिसन लाइन बनाउन पुग्छ। विद्युतको विकास गरेर विद्युतीय चल्लो बाँड्दा कोही नेपाली बाहिर जानु पर्दैन। त्यसो गर्दा दल पनि सकिँदैनन्। नयाँ नेताको आवश्यकता नै पर्दैन। यो शक्तिशाली ऊर्जा आयोग बनाउन हामी अनशन बसौँ सबै विकास हुन्छ।

देश विकासका थप केही उपाय छन् कि ?
अहिले सांसदबाट संकल्प प्रस्ताव तयार पारेर विदेशी शक्तिबाट यातायात र टेक्नोलोजीमा सहयोग लिनुपर्छ। चीनलाई काठमाडौं, पोखरा र लुम्बिनी रेल ल्याउन भन्नुपर्छ। यसो गर्दा चीन एउटा ठूलो व्यापार साझेदार हुनसक्छ। यसलाई सांसदमा संकल्प प्रस्तावको रुपमा अगाडि बढाउनुपर्छ। भारतलाई रक्सौल–काठमाडौं, काठमाडौं–मुक्तिनाथ रेल ल्याउनु भन्नुपर्छ। ५० करोड बौद्ध धर्म मान्ने विश्वभरका मानिस नेपाल आउँदा होटेल नै होटेल खुल्छन्। कोही युवा धन कमाउन वा श्रम बेच्न बाहिर जानु पर्दैन।

पुराना दलले धोका मात्र दिए। नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दललाई छोडेर नयाँ दललाई अगाडि बढाए के हुन्छ ?
हामीसँग भिजन छ, उत्पादनमूलक अभियानमा जानुपर्छ। अब कुनै दल आए भने हामीले उनीहरूलाई घोषणा पत्रसहित उपस्थित हुन भन्नुपर्छ। जनताका आधारभूत आवश्यकता लिएर आउनुपर्छ।

जनतासँग सार्थक संवाद भन्ने अभियानले कांग्रेसलाई सच्याउँछ त ?
शक्तिमा पुगेका दलले काम गरेर जनतामा प्रभाव पार्नुपर्छ। शक्तिको दुरुपयोग गर्नेहरूले जुनसुकै अभियान ल्याएर पनि केही हुँदैन। राजनीतिमा रहेका असल नेतृत्व एक ठाउँमा बसेर देश विकासका लागि काम गर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : ५२ बजे

रास्वपा मकवानपुर सभापति पराजुली कांग्रेस प्रवेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका