कांग्रेस नेता रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति « Khabarhub

कांग्रेस नेता रायमाझीको अभिव्यक्तिप्रति एमालेको आपत्ति


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता रमेशजंग शाहीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । 

सोमबार राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेका सांसद उठे । अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए ।  

यसपछि श्रेष्ठले चालु अधिवेशनको पहिलो बैठक सोमबार कांग्रेस नेता रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीलाई जोडेर दिएको अभिव्यक्तिको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनको मागअनुसार अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने र जानकारी गराउन बताए । 

यसपछि एमाले सांसदहरू आ–आफ्नो सिटमा बसेपछि अहिले बैठक चलिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने