जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह « Khabarhub

जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन् ।

खबरहबसँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए ।

सम्बन्धित मन्त्री, सचिव या अन्य सबैलाई कानूनको दायरामा लगेर निष्पक्ष ढङ्गबाट निर्णय हुनुपर्छ भन्दा आफूलाई बोल्न समय नदिएको उनको जिकिर छ ।

उनले नेपालमा भ्रष्टाचारको परिभाषा साना मान्छे वा साना कर्मचारीलाई मुद्दा लगाउने र ठूला राजनीतिक तहका नेताहरूलाई उम्काउनेजस्तो भएको टिप्पणी गरे ।

पीडित र अभियुक्तको बयान फेर्न र अनुसन्धानको दायरलाई साँघुरो बनाउन खोजिएको भनेर नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारी र महान्यायाधिवक्ता कार्यालयका उच्च पदस्थ पदाधिकारीले संसदमा आवाज उठाउन आफूलाई आग्रह गरेको उनको भनाइ छ ।

यसै विषयमा बोल्न खोज्दा आफूलाई समय नदिएपछि विरोधस्वरुप अर्धनग्न भएको उनले बताए । तोडफोड, हत्याहिंसामा आफूले विश्वास नराख्ने भन्दै उनले आफ्नै शैलीमा विरोध जनाएको स्पष्ट पारे ।

१५ वर्षको भ्रष्टाचारका कारण नेपाली समाज अर्धनग्न भइसकेको उल्लेख गर्दै उनले जनताको चित्कार सुनेर आफूले विरोध जनाएको बताए । विरोधको यस्तो शैली मेक्सिको, क्यानडा लगायतका धेरै ठाउँमा पनि अभ्यासमा रहेको उनको भनाइ छ ।

विरोधको आफ्नो शैलीबाट कसैलाई असर परेको भए क्षमा गरिदिन समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ५ : ४० बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट