चार महिनामा पर्यटनबाट श्रीलङ्काले कमायो ७० करोड डलर « Khabarhub

चार महिनामा पर्यटनबाट श्रीलङ्काले कमायो ७० करोड डलर


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए ।

श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गरेका थिए । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।

– रासस

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ५ : ५५ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन