चार महिनामा पर्यटनबाट श्रीलङ्काले कमायो ७० करोड डलर « Khabarhub

चार महिनामा पर्यटनबाट श्रीलङ्काले कमायो ७० करोड डलर


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए ।

श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गरेका थिए । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।

– रासस

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ५ : ५५ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६