अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसा बढ्दो « Khabarhub

अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसा बढ्दो


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा सञ्चारकर्मीविरुद्ध हिंसामा वृद्धि भएको पाइएको छ । अफगानिस्तानको खामा प्रेसका अनुसार तालिबानको शासन रहेको अफगानिस्तानमा पछिल्लो समय सञ्चारकर्मीविरुद्धको हिंसामा वृद्धि देखिएको हो ।

अफगानिस्तानको पत्रकार केन्द्र (एफजेसी) ले सार्वजनिक गरेको एक शोधपत्रमा गत वर्षको तुलनामा यस वर्ष मुलुकमा सञ्चारकर्मीविरुद्धको हिंसामा ६४ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

यीमध्ये अधिकांश हिंसाका घटनामा मुलुकमा शासन चलाइरहेको तालिबान जिम्मेवार रहेको पनि उक्त शोधपत्रमा उल्लेख गरिएको छ ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले शासन थालेयता अफगानिस्तानमा सञ्चालित ६ सय सञ्चारगृहमध्ये आधा बन्द भएका छन् ।

यसबाहेक तालिबानका कारण स्वतन्त्र सञ्चार माध्यमहरु आर्थिक रुपमा धराशायी भएको पनि शोधपत्रमा जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ०७ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट