नेपालगञ्जका ठेला व्यवसायीलाई नम्बर प्लेट « Khabarhub

नेपालगञ्जका ठेला व्यवसायीलाई नम्बर प्लेट


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ ।

ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उनको भनाइ छ । यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ । परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब बन्द हुन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताए । वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरमा व्यवस्थापन गरिने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म एक सय नौ ठेला दर्ता भएका छन् । ती ठेलालाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ–आफ्नो तोकिएको क्षेत्रमा गएका छन् । नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेका ठेलाको सङ्ख्या १५० को हाराहारी छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ११ : १२ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार