एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : सभापति लामिछानेले « Khabarhub

एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : सभापति लामिछानेले


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लामिछानेले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राखे । 

आफूलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा रहेको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको  बताए।

लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसद्‌मा रहेका सबैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताए । उनले नागरिकता विधेयकमा बोरमा रास्वपा कुनै समुदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गरे ।  

त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताए । जनतासँग भोट माग्दा शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्रतिवद्धता जनाएकाले यस विषयमा आवश्यक नीति बनाउँदा सबै दलहरू एकैठाँउ आउनुपर्ने उनले बताए ।

त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरूलाई पुरानो पुस्ताका नेताहरूले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  २ : ०६ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक