राष्ट्रियसभा बैठक : बजेटमा छुटेका विषय सम्बोधन गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक : बजेटमा छुटेका विषय सम्बोधन गर्न माग


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा विसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गरे ।

सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताए। सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याए ।

त्यस्तै सांसद गंगाकुमारी बेलबासेले समय सान्दर्भिक बजेटले अहिलेको आर्थिक संकटलाई समाधान गरेर मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ५ : १६ बजे

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा