एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी « Khabarhub

एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरूले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वेष फैलाउदै समाजलाई विभाजन गर्ने षड्यन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मूलधारमा ल्याउने अथक प्रयासमा रहेको बताए । उनले दुईतिहाइ नजिक पुराएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इसारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गरे ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ५ : ५५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको