एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी « Khabarhub

एमाले नेतामाथि आक्रमण गरेको भन्दै अब चुप नबस्ने ओलीको चेतावनी


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरूले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वेष फैलाउदै समाजलाई विभाजन गर्ने षड्यन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मूलधारमा ल्याउने अथक प्रयासमा रहेको बताए । उनले दुईतिहाइ नजिक पुराएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इसारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गरे ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ५ : ५५ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर