आज २०८० साल असार २३ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल असार २३ गते शनिबारको राशिफल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल असार २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : १० बजे

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय