साहित्य सिर्जनाले सन्तुष्टि मिल्छ | Khabarhub Khabarhub

साहित्य सिर्जनाले सन्तुष्टि मिल्छ

सबैले पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्यावरणीय विनाशप्रति चिन्ता गर्ने कवि तथा साहित्यकार सुषमा आचार्य ‘अंशु’को जन्म २०४४ सालमा गोदावरी २ ललितपुरमा भएको हो। उनको अक्षरको आयतन कविता संग्रह भर्खरै प्रकाशित भएको छ। कविता, गीत, गजललगायत अन्य विधामा पनि चाख राख्ने युवा कवि उनको साहित्यप्रतिको अनुराग प्रशंसनीय छ। उनै कवि तथा साहित्यकार सुषमा आचार्यसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

भर्खरै प्रकाशित भएको अक्षरको आयतन नामक कविता संग्रहको विषयमा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
राम्रो प्रतिक्रिया पाएकी छु। तर एकल कविता संग्रह भएको कारण सुधार गर्नुपर्ने कुराहरू पनि धेरै छन्। साथै राम्रो छ भन्ने सुझाव पनि आएका छन्।

अक्षरको आयतनले मान्छेलाई के दिन्छ ?
अक्षरको आयतनमा नारी संवेदना, प्रकृतिलाई सम्बोधन गरिएको छ। अहिले चलेको राजनीतिक अवस्था र प्रेस लगायतका विषयवस्तुलाई समेटिएको छ।

कविता लेख्न केले प्रेरणा दिन्छ ?
कविता लेख्न परिवेशको महत्त्वपूर्ण भूमिका रहन्छ। कस्तो परिवेश चलिरहेको छ र के ले मनलाई छुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। त्यस्तै समसामयिक कुराले समेत कविता लेख्न प्रेरित गरिराखेको हुन्छ। मलाई कविता लेख्न मनपर्छ।

कुन समयमा कविता लेख्नु हुन्छ ?
बसिरहेको बेला केही कुरा दिमागमा आउँदा फुर्सदको समयमा त्यही सम्झेर लेख्नेगर्छु। मेरो पढाई जागिर सबै मिलाएर साहित्य लेख्ने गर्छु। मैले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट पर्यटन र बुद्धिजमको विषयमा विद्यावारिधि गरिरहेको छु। साहित्य लेखनमा साधना गर्दै छु। साहित्यका कुराहरू लेखेका पुस्तक मैले धेरै पढ्ने गर्छु। आफूमा इच्छा शक्ति छ भने साहित्य लेखनमा आफै समय मिल्छ र घर परिवारको साथ पाइन्छ।

तपाईंका साहित्यिक कृतिमा हामीले पाउने के हो ?
मेरो पुस्तकमा सबै कुराको सम्बोधन छ। साहित्यमार्फत नै इतिहासका कुराहरू थाहा पाउँछौँ। भोलिका पुस्तालाई अहिलेको अवस्था थाहा हुन्छ। म भावुक हुँदा पनि लेख्न रुचाउँछु। लेख्न बसेपछि दुःख महसुस हुँदैन।

साहित्यमा लागेपछि के प्राप्त भए जस्तो लाग्छ ?
साहित्यमा लागेपछि मैले सन्तुष्टि खुसी पाएँ जस्तो लाग्छ। आजको मान्छे कोही सन्तुष्ट छैन। कलम र कापी त्यस्तो साधन हो जसले मनलाई सन्तुष्टि दिन्छ। मैले पहिला आमा भन्ने कविता लेखेँ र पछि बालक लेखेँ। मलाई साहित्य लेखनमा घरपरिवारको साथ र सहयोग छ। मैले नियात्रामा खप्तडको बारेमा लेखेको छु। त्यो रचना पत्रिकामा छापिएको छ। अब सोलुखुम्बु पुगेर सिर्जना गर्ने मन छ।

म साहित्यकार हो, मलाई लेख्न आउँछ भनेर कहिले थाहा पाउनुभयो ?
म कक्षा ६ मा पढ्दादेखि नै लेख्ने गर्थे। साथीहरूले पनि लेख्छे भनेर हौसला दिन्थेँ, स्कुल क्याम्पसमा पनि कविता लेख्ने गर्थेँ। तर साहित्यकार नै हो भनेर २०७४ सालबाट पत्रपत्रिकाहरूमा कविता छाप्न थालेपछि आफूलाई चिन्न थालेँ। त्यसपछि म सिर्जना गर्छु भन्ने महसुस भयो। मेरा कविताको पहिलो स्रोता स्कुलको साथी गङ्गा हो। अहिले मैले लेखेका कविताहरू घरमा र छोरीलाई सुनाउँछु।

तपाईंको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल ललितपुरमा बित्यो। कुनै समस्या हामीलाई थिएन। मेरो बाबा सरकारी जागिरे हुनुहुन्थ्यो। तर पनि के नपुगेको जस्तो महसुस हुन्छ। मलाई घुम्न मनपर्छ नेपालको डाँडाकाँडा घुम्न रहर लाग्छ र साहित्यमा केही योगदान पुर्याउनुपर्छ जस्तो लाग्छ। मेरो अब आउने रचनामा समाजलाई धेरै केन्द्रित गर्छु भन्ने सोच छ।

नेपाली साहित्यमा सामाजिक सञ्जालको निकै पहुँच बढेको छ त्यसले कस्तो प्रभाव पारेको छ ?
यो एक हिसाबले तुरुन्त प्रतिभा प्रस्तुत गर्नु राम्रो हो। तर सामाजिक सञ्जालबाट चोरी हुने डर हुन्छ।

अहिले तपाईंले काम गरिरहेको सहकारीको अवस्था कस्तो छ ?
अहिले सहकारीको अवस्था नाजुक छ भनेको सुन्छु। व्यवसायिक हिसाबले चलाएका सहकारीमा समस्या होला तर हाम्रो सामुदायिक सहकारी भएको कारणले अहिले कुनै पनि समस्या छैन।

तपाईं अन्तर्राष्ट्रिय साहित्य समाजको आजीवन सदस्य हुनुहुन्छ। तपाईं कस्ता कस्ता गतिविधिमा सहभागी भइरहनु भएको छ ?
त्यसले गरेको प्राय जसो कार्यक्रममा म सहभागी हुन्छु। नेपाली संस्कृतिलाई जोगाउन उसले खेलेको भूमिका राम्रो छ। नेपाली विदेशमा गए भने त्यस्तै हराउँछन्। नेपाल फर्किन्छन् जस्तो लाग्दैन। त्यसैले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसार भरमा नेपाली भाषा संस्कृति जोगाउनुपर्छ भनेर लागिरहेकी छु।

राष्ट्रका साहित्य प्रतिष्ठान भनेको कस्तो हो ?
यो पनि अरु साहित्य संस्था जस्तै हो। साहित्यलाई प्रवर्द्र्धन गर्ने उद्देश्यले यो स्थापना भएको हो। यसको अध्यक्ष ऋषभदेव घिमिरे हुनुहुन्छ। यसले विभिन्न कार्यक्रमहरू गरेर नव पुस्तालाई अगाडि बढाउन खोजिरहेको छ।

साहित्यिक कृति संख्यात्मक रूपमा बढे तर गुणात्मक रूपमा अगाडि बढेन भन्ने छ नि ?
लेख्न सुरु गरेन भने गुणात्मक हुँदैन। सिक्दै जाँदा मात्र गुणात्मक हुने हो। गल्ती कमी कमजोरीलाई सुधार गर्दै जानुपर्छ।

तपाईंले के के गर्नुभयो भने नयाँ पुस्ता साहित्यमा ल्याउन सक्नुहुन्छ ?
पहिला त पढ्ने बानीको विकास गर्नुपर्छ। अहिले धेरै मान्छेहरू सामाजिक सञ्जालमा लाग्नु हुन्छ। हामी सबै मिलेर नेपाली भाषा साहित्यलाई जोगाउनुपर्छ। हामीले लेखेका कुराहरू भोलिका बच्चालाई गोठ, गुन्द्रुक, ढिँडो भन्ने नै थाहा नहुने अवस्था आएको छ। त्यसैले यस्ता कुरा लेखियो भने उनीहरूले पढेर बुझ्छन्। त्यसैले लेखक लेख्न चाहन्छन् तर यसमा आर्थिक अवस्था नै राम्रो छैन। त्यसैले सरकारले पनि यो क्षेत्रमा ध्यान दिनुपर्छ। सबै जनाले पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ०७ बजे

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको