राष्ट्रिय भलिबल लिगमा आर्मी र पुलिसको विजयी सुरुवात « Khabarhub

राष्ट्रिय भलिबल लिगमा आर्मी र पुलिसको विजयी सुरुवात


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा महिलातर्फ पुलिस र पुरुषतर्फ आर्मीले विजयी सुरुवात गरेका छन् ।

आज सुरु भएको प्रतियोगितामा महिलातर्फ पुलिसले गण्डकीलाई २५–१०, २५–१० र २५–११ को सेटमा पराजित गरेको हो ।

यस्तै, पुरुषतर्फको पहिलो खेलमा आर्मीले शैलुङ्ग बागढुङ्गा क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले शैलुङ्गविरुद्ध २८–८, २५–१३ र २५–१७ को सेट बनाएको थियो ।

असार ३० गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ टिम र पुरुषतर्फ ७ टिम समावेश छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट क्लब छन् ।

यस्तै, पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा क्लब छन् ।

प्रतियोगितामा दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १ : १८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन