सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै, संसदको गतिरोध हटाउने विषयमा छलफल हुने « Khabarhub

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै, संसदको गतिरोध हटाउने विषयमा छलफल हुने


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसदका दुवै सदनमा भइरहेको गतिरोध हटाउने विषयमा दलहरुबीच छलफल हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको पहलमा हिजो दुई चरणमा शीर्ष नेता, दलका मुख्य सचेतक, र सचेतकबीच छलफल भए पनि दलहरु आआफ्नै अडानमा रहँदा बैठक निष्कर्ष विहीन बनेको थियो ।

एमालेले एकसय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएको छ भने सरकारले यसको आवश्यकता नभएको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ४२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको