पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध « Khabarhub

पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी, गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण पहिरो हटाउन नसकिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ५८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका