मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता « Khabarhub

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घटनामा तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरोमा परी अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अक्कल बहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीय पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ५२ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि