सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी « Khabarhub

सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको अवरोध खुलाउने विषयमा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दलका प्रमुख सचेतकहरु सहभागी छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन हिजो सभामुख देवराज घिमिरेले दुई चरणमा शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

प्रतिपक्ष दल एमाले र सरकार समर्थित दल आआफ्नै अडानमा रहँदा सहमति जुट्न सकेको छैन ।

आजै दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउन नेताहरू सक्रिय भएका हुन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १२ : ०३ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै