दश जना सिरियाली सैनिकको हत्या « Khabarhub

दश जना सिरियाली सैनिकको हत्या


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेरुत– इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ । सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका   छन भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो । 

गत साता आईएसले आफ्ना नेता अबु अलहुसेन अलहुसेनी अलकुरेशीको मृत्यु भएको घोषणा गरेको थियो । उत्तर पश्चिमी सिरियामा भएको झडपमा उनी मारिएका उसले बताएको थियो । 

सिरियाका मरुभूमिमा लुकेका आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनामाथि आक्रमण गर्दै आएका छन् । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको