संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत, गृहमन्त्रीले संसदमा जवाफ दिने « Khabarhub

संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत, गृहमन्त्रीले संसदमा जवाफ दिने


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमती जुटेको हो ।

एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो ।

सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो ।

बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए ।

‘संसदमा माननीयज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ । बाढी पहिरोको समस्या छ । लम्पी स्किनका विषय छन् । तमाम विषयले सदन चलाउनुपर्ने छ । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकै छ । आज बैठक अघि बढ्नेछ । गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने ।

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  २ : ५० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर