काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण « Khabarhub

काभ्रेका छ स्थानीय तहमा डेङ्गु सङ्क्रमण


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेङ्गु सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एक/एक जनामा डेङ्गुको सङ्क्रमण पुष्टी भएको हो ।

सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार सङ्क्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।

काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि समावेश छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०८ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको