दोलखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दोलखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

दोलखा– बसको ठक्करबाट दोलखामा मोटरसाइकल चालकको ज्यान गएको छ। भीमेश्वर नगरपालिका-३ का २३ वर्षीय विश्वराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा ठोक्किएका थिए।

दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

घटना लगत्तै मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ०२ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र