लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध « Khabarhub

लुम्बिनी प्रदेशका विभिन्न सडक पहिरोले अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा खसेको पहिराले राजमार्गहरु अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण राजमार्ग क्षेत्रमा खसेको पहिराले सवारी आवागमन अवरुद्ध भएका हुन् ।

 बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड, भालुवाङ–प्यूठान सडकखण्ड र लमही–घोराही सडकखण्ड पहिराले अवरुद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गको  बुटवल–पाल्पा खण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । 

सिद्धबाबा निर्माणाधीन सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो झरेपछि सवारी आवागमन पूर्णरुपले अवरुद्ध भएको प्रहरीले जनाइएको छ ।

सो स्थानमा साउनको केही दिनदेखि पटक पटक पहिरो खस्दा निर्माणाधीन सुरुङमार्गको प्रवेश बिन्दुमै क्षति पुगेको थियो । पहिरोसँगै ठूलाठूला ढुङ्गाहरु सडकमा झरेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै भालुवाङ्ग–प्यूठान सडकखण्डको गर्जेनी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त स्थानमा पाँच दिनदेखि पहिराले अवरुद्ध भएको सडक पहिरो सफा गरेर मङ्गलबारमात्र खुलाइएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ०५ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका