सहकारी कार्यविधि तत्काल कार्यान्वयनमा लैजान मन्त्री चौधरीको निर्देशन « Khabarhub

सहकारी कार्यविधि तत्काल कार्यान्वयनमा लैजान मन्त्री चौधरीको निर्देशन


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धी समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यविधि तथा ऐन कार्यान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यविधिहरू तत्काल कार्यन्वयनमा लैजान मन्त्री चौधरीले निर्देशन दिएकी हुन् । 

मन्त्री चौधरीलेको निर्देशनसँगै कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, असुली न्यायधिकरण, सहकारी समस्या समाधान सुझाव कार्यदल, उच्चस्तरीय प्राविधिक समिति, क्रेडिट युनियन याक्ट (सियुए) लगायत कार्यविधि कार्यान्वयन गरिने भएको छ । 

कार्यान्वयनमा आउने कार्यविधिहरू मध्य समस्यामा परेका सहकारी पीडितहरूलाई बचत सुरक्षण कोषले तत्काल राहत दिने मन्त्री चौधरी बताउँछिन् । ‘बचत सुरक्षण कोष भनेको यदि कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ उसले सहकारी मार्फत फिर्ता पाउन सकेनन् भने यस कोष मार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भनिन् । 

मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यविधिहरू कार्यान्वयनका लागि मन्त्रिपरिषद्को निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पीडितहरूलाई सरकारले नै पाउनु पर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी बताउँछिन् । अन्य कार्यविधिहरू भने सहकारी पीडितहरूको दीर्घकालिक समस्या समाधानका लागि अतिउपयोगी रहनेछ ।

‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरूको कारण सहकारीमा हुने समस्या र त्यसबाट पिडिए हुने सम्भावनाको निर्मूल हुने कुरामा हामी विस्वत छौँ । यही कुरामा ढुक्क भएर नै सहकारी पीडितहरूले लामो समयदेखि जारी राख्नु भएको आन्दोलन स्थगित गर्नु भएको छ’, मन्त्री चौधरीले भनिन् । 

माइतीघरमा करिब २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले बिहिबारदेखि आन्दोलन स्थगित गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चौधरीले, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा मन्त्रालयमा छलफल भएपछि पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ४९ बजे

नयाँ दलको चुरीफुरी : हल्लिएला कांग्रेस-एमालेको जग ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज

एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले

हिउँदयाममा बासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ ।

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर– भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको