एएफसी कप : मछिन्द्र दोस्रो चरणमा प्रवेश | Khabarhub Khabarhub

एएफसी कप : मछिन्द्र दोस्रो चरणमा प्रवेश


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

खेलमा पहिलो अग्रता भने पारो एफसीले लियो । खेल सुरु भएको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरुआती अग्रता दिलाए । पारो एफसीले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्कायो । मछिन्द्रका खेलाडी विमल घर्तीमगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत सुन्दर गोल गरे ।

यसैगरी खेलको १५ औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले ओमोलाजा करिमको पासमा गोल गरेका हुन ।

खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे ।

यस जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्नेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । यस खेलको विजेताले बङ्गलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग आगामी भदौ ५ गते खेल्नेछ ।
मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । जसमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : २० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून