पदक नबेच्न महावीर पुनलाई सरकारको चेतावनी « Khabarhub

पदक नबेच्न महावीर पुनलाई सरकारको चेतावनी


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई पदक नबेच्न चेतावनी दिएको छ । गृहमन्त्रालय अन्तरगतको विभूषण शाखाले पुनको नाममा पत्र काट्दै नेपाल सरकारले प्रदान गरेको उज्जल कीर्तिमय राष्ट्रदीप लगायतका पदक नबेच्न चेतावनी दिएको हो ।

पुनले केही दिनअघि सामाजिक सञ्जाल मार्फत आफूले प्राप्त गरेका म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेमलगायतका पदक बेच्ने घोषाण गरेका थिए ।

सरकारको चेतावनीपछि पुनले सामाजिकमार्फत गृहमन्त्रालयलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘ कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ ।’

पुनले पदक बेच्न नपाउने भए सरकारलाई फिर्ता दिने समेत उल्लेख गरेका छन् । ‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ ।’ उनले लेखेका छन् ‘त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ०६ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई