पदक नबेच्न महावीर पुनलाई सरकारको चेतावनी « Khabarhub

पदक नबेच्न महावीर पुनलाई सरकारको चेतावनी


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई पदक नबेच्न चेतावनी दिएको छ । गृहमन्त्रालय अन्तरगतको विभूषण शाखाले पुनको नाममा पत्र काट्दै नेपाल सरकारले प्रदान गरेको उज्जल कीर्तिमय राष्ट्रदीप लगायतका पदक नबेच्न चेतावनी दिएको हो ।

पुनले केही दिनअघि सामाजिक सञ्जाल मार्फत आफूले प्राप्त गरेका म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेमलगायतका पदक बेच्ने घोषाण गरेका थिए ।

सरकारको चेतावनीपछि पुनले सामाजिकमार्फत गृहमन्त्रालयलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘ कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ ।’

पुनले पदक बेच्न नपाउने भए सरकारलाई फिर्ता दिने समेत उल्लेख गरेका छन् । ‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ ।’ उनले लेखेका छन् ‘त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ०६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा