नक्कली नोटसहित तीन जना पक्राउ « Khabarhub

नक्कली नोटसहित तीन जना पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली नोटसहित काठमाडौँबाट तीन जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका– ५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार साँझ सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–२ का सुवास गुरुङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे र रामेछापको गोकुल गाउँपालिका–१ का मद दमाइ रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरुको कोठाबाट नेपाली रुपैयाँ १ हजार दरको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान, चार थान मोबाइल , सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २० बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ