पाकिस्तानमा अफगान आप्रवासी पक्राउ पर्ने क्रम बढ्दै « Khabarhub

पाकिस्तानमा अफगान आप्रवासी पक्राउ पर्ने क्रम बढ्दै


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा अफगान आप्रवासीहरु पक्राउ पर्ने क्रम बढेको पाइएको छ । हालै पाकिस्तानको राजधानी इस्लामावादमा १७ जना अफगान आप्रवासी पक्राउ परेका छन् ।

पाकिस्तानमा रहेको अफगान आप्रवासी परिषदका अनुसार वैध राहदानी र भिसा भएपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखिएको अफगानिस्तानको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको शरणार्थी तथा पुनर्मिलन मन्त्रालयले सबै छिमेकी मुलुक विशेषगरी पाकिस्तानलाई यस विषयलाई राजनीतिकरण नगरी अन्तर्राष्ट्रिय कानूनबमोजिम मात्रै अफगान आप्रवासीसँग व्यवहार गर्न आह्वान गरेको छ ।

पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतको कार्यालयका अनुसार पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको छ । यीमध्ये केबल ३ लाख वैध कागजातबिना पाकिस्तानमा बसिरहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ४९ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ