पाकिस्तानमा अफगान आप्रवासी पक्राउ पर्ने क्रम बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा अफगान आप्रवासी पक्राउ पर्ने क्रम बढ्दै


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा अफगान आप्रवासीहरु पक्राउ पर्ने क्रम बढेको पाइएको छ । हालै पाकिस्तानको राजधानी इस्लामावादमा १७ जना अफगान आप्रवासी पक्राउ परेका छन् ।

पाकिस्तानमा रहेको अफगान आप्रवासी परिषदका अनुसार वैध राहदानी र भिसा भएपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखिएको अफगानिस्तानको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको शरणार्थी तथा पुनर्मिलन मन्त्रालयले सबै छिमेकी मुलुक विशेषगरी पाकिस्तानलाई यस विषयलाई राजनीतिकरण नगरी अन्तर्राष्ट्रिय कानूनबमोजिम मात्रै अफगान आप्रवासीसँग व्यवहार गर्न आह्वान गरेको छ ।

पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतको कार्यालयका अनुसार पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको छ । यीमध्ये केबल ३ लाख वैध कागजातबिना पाकिस्तानमा बसिरहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ४९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’