नारायणी नदीले सतर्कता तह पार गर्‍यो « Khabarhub

नारायणी नदीले सतर्कता तह पार गर्‍यो


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।

देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।

नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडा डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ ।

स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको श्रेष्ठको भनाइ छ । पहिरो, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको घिमिरेको श्रेष्ठले बताए । बाढी पहिरो प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्ने बारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ श्रेष्ठले बताए ।

जिल्लाको विपद् व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको उनले बताए । “सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ”, श्रेष्ठले भने, “जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमालगायतका काम गरेका छौँ ।”

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ०० बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको